नास्टमा खेर गएको प्लास्टिकबाट इन्धन उत्पादन गर्ने प्रविधि स्थापना
पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि भइरहेको र यसको विभिन्न विकल्पमाथि खोजबिन भइरहेको बेला नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)द्वारा खेर गएको प्लास्टिकबाट इन्धन उत्पादन गर्ने प्रविधि स्थापना गरेको छ ।
चर्को मूल्यवृद्धि भइरहेका बेला पेट्रोलियम पदार्थको विभिन्न विकल्पमाथि खोजबिन भइरहेको बेला नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)द्वारा खेर गएको प्लास्टिकबाट इन्धन उत्पादन गर्ने प्रविधि स्थापना गरेको छ ।
नेपालमा संविधान जारी भएपछि भारतले लगाएको अघोषित नाकाबन्दीताका इन्धनको चरम अभाव हुँदा यसको वैकल्पिक विधिको थुप्रै परीक्षण भएका थिए । सल्लाको खोटोबाट पेट्रोल बनाउनेदेखि स्वदेशमै पेट्रोलियम खानी चलाउनेसम्म योजना बनेका थिए ।
हुन त नेपालमा ४० को दशकमै पेट्रोलियमको सम्भाव्य अध्ययन भएर उत्खनन् समेत सुरु भएको थियो । अहिले दैलेखको ज्वाला क्षेत्रमा उत्खनन् भैरहेको छ र त्यहाँ ठूलो मात्रामा पेट्रोलियम भएका प्रारम्भिक निष्कर्ष निकालिएको छ ।
अहिले चिनीया टोलीले त्यहाँको केही क्षेत्रलाई आधार बनाएर थप अनुसन्धान गर्ने तयारी भैरहेका बेला वातावरण प्रदूषणको प्रमुख कारण मानिएको प्लाष्टिकबाट इन्धन निकाल्ने प्रविधि स्वदेशमै स्थापना हुनु सकारात्मक मानिएको छ ।
यस्तो प्रविधि केवल परीक्षणका लागि मात्र नभएर व्यावसायिक उत्पादनकै हिसाबमा अघि बढाउनुपर्ने आवश्यकता अपरिहार्य रहेको छ र सरकारले यसमा गम्भीर भएर लगानी गर्नु आवश्यक छ ।
तस्बिर : नास्टका वरिष्ठ वैज्ञानिक डा रवीन्द्र ढकाल/रासस
प्रतिक्रिया राख्नुहोस्