जापान
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको अवस्था गम्भीर, गोली प्रहार गर्ने व्यक्ति पक्राउ
शुक्रबार विहान जापानको पश्चिम शहर नाराको चुनावी कार्यक्रममा सहभागी हुनुभएका जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार गर्ने एकजनालाई पक्राउ गरिएको छ ।
आबेले भाषण गरिरहेका बखत पछािडबाट गोली हान्ने ४१ वर्षीय यामागामी तेत्सुयालाई प्रहरीले बन्दुकसहित पक्राउ गरेको हो । गोली प्रहारबाट घाइते आबेको अवस्था गम्भीर रहेको बताइएको छ ।
घाइते आबेको तत्कालै हेलिकप्टरमार्फत् उपचारका लागि अस्पताल लगिएको थियो । उहाँलाई काशीहारा शहरको नारा मेडिकल विश्वविद्यालयमा उपचार भैरहेको छ ।
यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत नारामा लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारको प्रचारमा उहाँ सक्रिय हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्