जापान
पूर्व प्रधानमन्त्री आबेको निधन
शुक्रबार विहान गोली प्रहारबाट गम्भीर घाइते हुनुभएका जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधन भएको जापानको आधिकारिक समाचार संस्था एनएचकेले जनाएको छ ।
एनएचकेले लिबरल डेमोक्रेटिक पार्टी सूत्रको हवाला दिएर आबेको निधन भएको र आधिकारिक घोषण हुन मात्र बाँकी रहेको जनाएको छ ।
शुक्रबार विहान नारा शहरमा आयोजित चुनावी सभामा भाषण गरिरहेका बखत आबेमाथि गोली हानिएको थियो । गोली लागेर ढाल्नुभएका उहाँलाई तत्काल हेलिकोप्टरबाट अस्पताल लगिएको थियो ।
यसबीच प्रधानमन्त्री फुमियो किशिदाले पूर्व प्रधानमन्त्री आबेमाथि भएको हमलाको निन्दा गर्दै यो लोकतन्त्रमाथिको हमला भएको टिप्पणी गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री आबेमाथि गोली हान्ने द्४१ वर्षीया तेत्सुया यामागामीलाई पक्राउ गरिसकिएको छ ।
प्रतिक्रिया राख्नुहोस्