जन सरोकार

सुतिरहेकै कोठामा बालिकाको सामूहिक बलात्कार, दुईजना पक्राउ

मुलुकमा बलात्कारका घटनासंग सम्बन्धित अनेक हस चलिरहेको छ । बलात्कारका मुद्दाको हदम्यादले सदन र सडक तातिरहेको बेला सल्यानमा एक १४ वर्षिया बालिकामाथि सामूहिक बलात्कार भएको छ ।

जिल्लाको कुमाख गाउँपालिका १ की १४ वर्षीया बालिकालाई उनी सुतेकै कोठामा गएर लामूहिक बलात्कार भएको र प्रहरीले जाजरकोटका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जारजरकोट भेरी नगरपालिका १२ का २२ वर्षीय रमेश भण्डारी र २० वर्षीय डिल्ली बस्नेत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका नायव उपरिक्षक सुमित खड्काका अनुसार असार २२ गते बुधबार राती ११ बजेको बालिकामाथि दुई जनाले जबरजस्ती करणी गरेर फरार भएका थिए ।

बालिका आफ्नो घर नजिकै रहेको आफ्नो ठुलीआमाको घरमा सुत्न गएकी थिइन् । बालिका सुतेको अवस्थामा कोठामा गएर दुई जनाले जबरजस्ती करणी गरेका थिए ।

घटना लगतै बालिकाले हारगुहार गरेपछि परिवारले राति नै प्रहरीलाई खबर गरेका थिए । घटनास्थल सल्यान र जाजरकोटको सिमनामा भएकाले ओरोपीत दुई जना भागेर जाजारकोट पुगेको डिएसपी खड्काले बताउनुभयो । आरोपीत दुईजनालाई जाजरकोट स्थित घरबाटै पक्राउ गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.