विश्व नेताहरूद्वारा आबेमाथि भएको आक्रमणको निन्दा
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको शुक्रबार नारा शहरमा चुनावी प्रचारका क्रममा गोली प्रहारबाट घाइते गरी हत्या गरिएको छ ।
जापानमा सबैभन्दा लामो समयसम्म शासन गरेर कीर्तिमान बनाउनुभएका आबेमाथि भएको आक्रमणको विश्वका नेताहरूले निन्दा गर्दै त्यसलाई अक्षम्य भनेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, ताइवानका राष्ट्रपति साइ इङ वेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अलवान्से, सिङ्गापुरका प्रधानमन्त्री ली सिङ लुङ, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, न्युजिल्याण्डका प्रधानमन्त्री ज्याकिन्दा आर्डेर्नले पूर्व प्रधानमन्त्री आबेमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।
त्यसैगरी, थाइल्याण्डका उपप्रधानमन्त्री डोन प्रमोद्विने, दक्षिण कोरियाका विदेशमन्त्री पार्क जीन, इण्डोनेशियाका विदेशमन्त्री रेण्टो मार्सुदी, फिलिपिन्सका विदेशमन्त्री इनरिक मनालो, अमेरिकाका विदेशमन्त्री एन्थोनी ब्लिङकेन, रूसका विदेशमन्त्री सेर्गेइ लाभारोभ, जापानका लागि अमेरिकाका राजदूत रम इम्यानुएलले पनि आक्रमणको भत्र्सना गरेका छन् ।
जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उहाँ माथि गोली प्रहार भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्