जन सरोकारस्वास्थ्य

बढ्न थाल्यो कोरोना सङ्क्रमण, आज थपिए १२१ जना, सबैभन्दा बढी काठमाडौंमा

छिमेकी मुलुक भारतमा कोराना सङ्क्रमण बढ्दै गएपछि यसको प्रभाव नेपालमा पनि देखिएको छ । केही दिनदेखि नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ।

आइतबार पछिल्लो २४ घण्टामा १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार तीन हजार ४५ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा १२१ जनामा कोरोना पुष्टि भएको हो ।

जसमा एक हजार सात सय जनाको आरटी पीसीआर गर्दा १०४ जनामा र एक हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएकोे मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

आइतबार परीक्षण गरिएकामध्ये ३.९ ७ प्रतिशतमा कोरोना पुष्टि भएको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी ७१ जना काठमाडौंमा छन् । २४ घण्टामा ३१ जना सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६७८ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। काठमाडौंमा ३८९, भक्तपुरमा १०, ललितपुरमा ६३ जना सक्रिय सङ्क्रमित छन्। सक्रिय सङ्क्रमितमध्ये ६६२ जना होम आइसोलेसनमा १६ जना अस्पतालमा उपचाररत छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.