गण्डकीप्रदेश

महावीर पुनलाई गण्डकी रत्न सम्मान, अब प्रदेशसभा सदस्यको मर्यादाक्रम

विज्ञान र प्रविधिको विकास नभएसम्म मुलुकको विकास नहुने भन्दै उक्लै आविस्कारमा जट्नु भएका सूचना प्रविधिविज्ञ डा. महावीर पुनलाई गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट विभूषित गरेको छ ।

सोमबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गगर्नुभएको हो । अब पुनले सार्वजनिक कार्यक्रममा प्रदेश सभा सदस्यको मर्यादाक्रम पाउनुहुनेछ ।

गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ गते गरेको थियो । गण्डकी प्रदेशभित्र जन्मिएर गण्डकीकै श्रीवृद्धिका लागि योगदान गनुभएका विशिष्ट व्यक्तिलाई प्रदेशले गण्डकी रत्नबाट सम्मानको सुरुआत गरेको हो ।

पुरस्कारका लागि गण्डकी प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार, यातयात व्यवस्थामन्त्री कुमार खड्काको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो ।

शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि तथा सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासन लगायतका क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिमध्येबाट सम्मान गर्नेगरी कार्यविधि बनाइएको छ ।

कार्यक्रममा मुख्यमन्त्री मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेको कदमको सम्मान गर्दै पुनलाई गण्डकी रत्न प्रदान गरिएको बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षमा गण्डकी सरकारले १० करोड विनियोजन गरेको जानकारी दिनुभएको छ ।

सम्मानपछि महावीर पुनले अध्ययन अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुकहरु समृद्ध भएको उदाहरण पेश गर्दै भन्नुभयो, “अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको हो, युवाहरु रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त भएको छ, अनुसन्धान र विकासका लागि अब ढिला गर्न हुँदैन ।”

अनुसन्धान आफैंमा कठीन काम भएको भन्दै उहाँले १ सय वटा अनुसन्धानमध्ये १०र१५ वटा मात्र सफल हुने भएकाले शतप्रतिशत नतिजा आउन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.