राजनीति

प्रतिनिधिसभाले पाउने भो असार ३१ गते उपसभामुख

लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पदका लागि यही असार ३१ गते निर्वाचन हुने भएको छ । संविधान अनुसार सभामुख र उपसभामुख, भिन्न दल, भिन्न जात र लिंगको हुनुपर्ने प्रावधान छ ।

संसद भवन

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिनुभएको छ ।

तत्कालीन उपसभामुख शिवमाया थुम्वाहाम्फेले पदबाट राजीनामा दिएपछि रिक्त रहेको सो पद खाली रहँदा बेलाबेलामा सरकारमाथि संविधानको पालना नगरेको गम्भीर आरोप लाग्ने गरेको थियो ।

त्यस्तै राष्ट्रियसभाको उपाध्यक्ष पद पनि लामो समयदेखि रिक्त रहेको छ । दुबै निकायको समयावधि आधा वर्षभन्दा कम रहँदा प्रतिनिधिसभाले भने उपसभामुख पाउने भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.