राजनीति

उपसभामुखमा एमालेकी विद्या र कांग्रेसकी पुष्पाको उम्‍मेदवारी दर्ता

प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराई र सत्ता गठन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्‍मेदवारी दर्ता गराउनुभएको छ ।

एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्तपोखरेलको समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यसै गरी प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उम्मेदवारी दर्तापछि बोल्दै भुसालले संसदलाई स्वतन्त्र र थप प्रभावकारी बनाउन आफूले उम्मेदवारी दिएको बताइन् । संविधान कार्यान्वयनका पनि आफूले भूमिका खेल्ने उनको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.