टोकियोमा खुल्यो लाईभ म्यूजिक सहित नेपाली रेष्टुरेन्ट
नेपालीहरुको बढ्दो जनघनत्वसँगै टोकियो क्षेत्रमा व्यापारको दायरा पनि फराकिलो बन्दै गएको छ । नेपाली रेष्टुरेण्टहरुको भिड रहेको टोकियोको मध्य भाग ओकुबो, शिनओकुबो क्षेत्रमा धेरै रेष्टुरेण्टहरुको फरक फरक विशेषतालाई एकसाथ प्रस्तुत गरेको छ किङ्स लाउन्ज एण्ड बारले ।
नेपाली मौलिक परिकारका खानाको लागि, लोक दोहोरिका लागि, लाईभ म्यूजिक व्याण्ड प्रस्तुती हेर्नका लागि फरक फरक रेष्टुरेण्टहरु धाइरहनुपर्ने नेपालीहरुको बाध्यतालाई बोध गर्दै युवा नेपाली व्यवसायिहरुले ओकुबो स्टेशन नजिक संचालनमा ल्याएका छन् ।
किङ्स लाउन्ज एण्ड बार नाममा नेपाली स्वादिष्ट परिकार सहित लाईभ म्यूजिक ब्यान्डको साथमा दोहोरी गीतको आनन्द लिन सकिने यसका संचालकहरुले बताएका छन् ।
युवा व्यवसायिहरु सचिन श्रेष्ठ, लेलिन भट्टचन, अमृत गुरुङ, कुमार तामाङ् लगायत युवा समुहले करिव दुई करोड बढि लगानी गरेर रेष्टुरेण्ट संचालनमा ल्याएको दाबी गरेका छन् ।
जुलाई १५ तारिख शुक्रबारबाट व्यावसायिक सेवा सुरुवात गरिएको रेष्टुरेण्ट टोकियोमा हाल संचालनमा रहेका नेपाली रेष्टुरेण्टहरु भन्दा फरक प्रकृतिको भएको व्यवसायी सचिन श्रेष्ठले बताए। स्वादिष्ट नेपाली खाना सहित लाईभ व्याण्डको प्रस्तुतिका लागि सांगीतिक बातावरण किङ्स लाउन्ज एण्ड बारले तयारी गरेको दावी गरेको उनले बताए।
करिव ७० जनाको सिट क्षमता रहेको रेष्टुरेण्टमा सातैदिन सांगीतिक मज्जा लिन सकिनेछ । जसमा लाईभ म्यूजिक ब्यान्ड सहित साताको २ दिन लोक दोहोरीको मज्जा पनि लिन सकिने । गजल प्रेमीहरुका लागी महिनामा एकदिन गजल साँझ पनि राखिने भएको श्रेष्ठले जानकारी दिए।
ओकुबो स्टेशनको दक्षिण गेट साउथ एक्टिबाट मात्र दुई मिनेटको दुरीमा रहेको रेष्टुरेम्ट शिनओकुबो स्टेशनबाट ५ मिनेटमा पैदल पुग्न सकिन्छ ।
प्रतिक्रिया राख्नुहोस्