जापान

कियाचु जापान पत्रकारिता पुरस्कारबाट पत्रकार कोइराला सम्मानित (फोटोहरुसहित)

किरात याक्थुङ चुम्लुङ, जापान पत्रकारिता पुरस्कार (२०२२ बाट जापानमा सकृय पत्रकार आनन्द कोइराला सम्मानित हुनुभएको छ ।

सिसेःक्पा तङ्नाम तथा मुक्कुम्लुङमा स्मारिका विमोचन समारोह अवसरमा यसै वर्षपटक सुरू गरिएको पत्रकारिता पुरस्कारबाट पत्रकार कोइरालालाई नगद दश हजार येन सहित सम्मान गरिएको हो ।

यस्तै सोही अवसरमा जनजाति पत्रकार महासंघ जापान फोनिजका अध्यक्ष फुर्वा शेर्पालाई समेत सो अवसरमा नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एनआरएनए आईसीसी उपमहासचिव ओम गुरूङ तथा किरात याक्थुङ चुम्लुङ जापानका अध्यक्ष सुदिप पालुङवाले सयुक्त रूपमा पत्रकारद्वयलाई सम्मान गर्नु भएको थियो।

राजधानी टोकियोको ओकुबोस्थित नेवाः डाइनिङको सभाहलमा आयोजना गरिएको कार्यक्रममा संस्थाद्वारा प्रकाशित स्मारिका विमोचन गर्न लागिएको थियो ।

विमोचन समारोहमा प्रमुख अतिथि, संस्थाका अध्यक्ष सहित संस्थापक अध्यक्ष रिद्दीबहादुर तुङवाहाम्फे, जनजाति महासंघ जापानका अध्यक्ष संजीव चाम्लिङ राई, कियाचु जापानका पूर्वअध्यक्ष चन्द्रकुमार जवेगु, एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल, मगरसंघ जापानका अध्यक्ष ओम काउछा मगर, तमुधी जापानका उपाध्यक्ष चित्र गुरूङ, पूर्वी नेपाल बिकास सहकार्य केन्द्र जापानका सचिव भूवन निरौला, किरात राई यायोक्खाका उपाध्यक्ष प्रमिला राई लगायत अतिथिहरूले संयुक्त रूपमा गर्नु भएको थियो।

यसै गरी लिम्बुवानको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक आस्थाको केन्द्र मुक्कुम्लुङ परिसरमा किरात याक्थुङ चुम्लुङ, जापानले करिब पैतीस लाख लागतमा ‘मुक्कुम्लुङ केलाःङ निङ्वारुसो’ (च्याब्ब्रुङ स्तम्भ) निर्माण गरेको विषयमा विशेष जानकारी गराइएको थियो ।

कार्यक्रममा साक् नाःप्मा थिम्बेसँगै याक्थुङ जातिको मौलिक सांस्कृaतिक नाच यारुलाःङ र केलाःङ प्रस्तुतीमा सहभागिहरूले तालि बजाएर साथ दिएका थिए । यस्तै विभिन्न कलाकारहरूबाट मनोरञ्जनात्क गीत तथा नृत्य समेत प्रस्तुती दिएका थिए ।

कियाचु जापानका उपाध्यक्ष मनकुमार तुम्साको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको संचालन महासचिव मुक्साम लाओतीले गर्नु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.