विश्व समाचार
दक्षिण कोरियाको अस्पतालमा आगलागी : ५ जनाको मृत्यु, ३७ घाइते
दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ ।
स्थानीय समयानुसार बिहान १०:१७ बजे (०११७ जीएमटी) चार तले भवनमा भएको आगलागीमा परी अन्य ३७ जना घाइते भएका छन् । त्यस भवनको चौथो तल्लामा डायलासिस बिरामीहरू उपचाररत छन भने दोस्रो र तेस्रो तल्लामा कार्यालयहरू छन् ।
अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मीमध्ये ५ जनाको मृत्यु भएको थियो । तीन जना बिरामी र एक नर्स थिए भने बाँकी एकको पहिचान हुन सकेको छैन।
प्रतिक्रिया राख्नुहोस्