कला/मनोरन्जनकलिउड
फिल्म सोसाइटीको अध्यक्षमा अभिनेता मल्ल
अमेरिका र बेलायतमा समेत शाखा रहेको नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा वरिष्ठ अभिनेता कृष्ण मल्ल पुनः चयन हुनुभएको छ ।

सोसाइटीको साधारण सभाबाट उहाँ अध्यक्षमा पुनः चयन हुनुभएको हो । अध्यक्षमा पुनः नियुक्त भएपछि अध्यक्ष मल्लले नेपालको कलाकारिताको विकासमा आफु कटिबद्ध भइ लागिपर्ने बताउनुभयो ।
यसैगरी सोसाइटीको उपाध्यक्षमा अभिनेता पुरन जोशी, मोहनकृष्ण श्रेष्ठ र नारायण प्रधान, महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल र कोषाध्यक्षमा शङ्करलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
सोसाइटीको सदस्यमा क्रमशः चेतबहादुर सिंह, सानुकुमार ताम्रकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाईएल लामा, मधुकुमार श्रेष्ठ र सुभाष खड्का सर्वसम्मत चयन हुनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्