राजनीति

गाउँपालिका अध्यक्षको सेवा सुविधा विद्यालयलाई

गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेनाले गाउँपालिकाद्वारा आफूले प्राप्त गरेको सेवासुविधा विद्यालयलाई प्रदान गर्नुभएको छ ।

उहाँले आफ्नो पहिलो महिनाको ३६ हजार दुई रुपैयाँ पाँदेलटार स्थित ज्ञानमार्ग माध्यमिक विद्यालयलाई उपलब्ध गराउनुभएको हो ।

“मैले निर्वाचनको बेला गाउँपालिकाभित्र शिक्षालाई प्रथामिकता दिन्छु भनेको थिए”, उहाँले भन्नुभयो, “यसैले विजयी भएपछि मैले पाएको सेवा सुविधा विद्यालयलाई गरेको हुँ ।”

सो विद्यालयका प्रधानध्यापक दिलबहादुर गुरुङले प्राप्त रकम विद्यालयको छात्राबासमा अध्ययनरत विद्यार्थीका लागि खर्च गरिने जानकारी दिनुभयो । सो विद्यालयमा आवासीय सुविधासहित विपन्न चेपाङ समुदायका बालबालिका अध्ययन गर्दछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.