“न्यायका लागि आफ्नै शरीरमा आगो लगाउनुपर्ने ?”
महोत्तरीको जलेश्वर नगरपालिका ९ निवासी सोनाली कुमारी सिह ‘निहारिका’ले आफूलाई १७ वर्षको उमेरदेखि नै धनुषाका एक व्यक्तिले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउँदै न्यायका लाग काठमाडौंमा अनशनन बसिन ।
बारम्बारको बलात्कारबाट छोरा जन्मिएका बताउँदै बलात्कारीमातिथ कानुनी कारबाहीका लागि आफ्नो छोरा र ती पुरुषको डीएनए परीक्षण हुनुपर्ने उनको माग छ ।
जेठदेखि अनशन बसेकी उनको माग पूरा गर्न सरकारसंग ५ बुँदे सहमति समेत भयो तर, सहमति कार्यान्वयन नभएपछि शुक्रबार उनले राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरिन् ।
न्यायका लागि आत्मदाह नै गर्नुपर्ने अवस्था आएको भन्दै सरकारको आलोचना पनि भैरहेको छ । यसबीचमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले न्यायका लागि आत्मदाह नै गर्नुपर्ने भन्दै प्रश्न उठाउनुभएको छ ।
शुक्रबार आत्मदाहको प्रयास गरेकी निहारिकालाई प्रहरीले समयमै उद्धार गरी अस्पताल पुर्याएको थियो । शुक्रबार नै निहारिकालाई भेट्न अस्पताल पुगेको जानकारी दिंदै बालेन्द्रले छोराको डिएनए परीक्षणको माग गर्दा जल्नुपर्ने भन्दै प्रश्न गर्नुभएको छ ।
निहारिकासंगको भेटपछि मेयर शाहले सामाजिक सञ्जालमा तस्बिर समेत सार्वजनिक गर्दै लेख्नुभएको छ, “आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अत्ति हो, यो अत्याचार हो, कानुनीराज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन ।”
प्रतिक्रिया राख्नुहोस्