विश्व फुटबलको सर्वोच्च संस्था फिफाले अनधिकृत राजनीतिक अस्तक्षेप भएको आरोप लगाउँदै भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ ।

फिफाको प्रतिबन्धसंगै भारतमा आयोजना हुने सबै प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगिता अन्यत्र सर्ने भएका छन् भने भारत कुनै पनि प्रतियोगितामा सहभागी हुन पाउने छैन ।
प्रतिबन्धसंगै भारतले आगामी अक्टोबरमा आयोजना गर्न लागेको यू १७ महिला विश्वकप फुटबल पनि अर्को देशमा सारिने भएको छ ।
त्यसै गरी भारतले छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलमा सहभागी हुन पाउन छैन । महिला साफ भदौ २९ देखि असोज ३ सम्म काठमाडौंमा हुँदैछ ।
सन् २०१० देखि सुरु भएको महिला क्षेत्रीय प्रतियोगिता अहिलेसम्म भारतबाहेक अन्य देशले जित्न सकेका छैनन् । पाँचमध्ये चारपल्ट फाइनलमा उसले नेपाललाई पराजित गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्