माओवादीले टुंगो लगायो पदाधिकारी, महासचिवमा देव गुरुङ
महाधिवेशन सम्पन्न भएको झण्डै आधा वर्षपछि सत्तारुढ नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको समाचारमा जनाइएको छ ।
समाचार अनुसार अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ प्रकाश, उपाध्यक्षमा कृष्णबहादुर महरा चयन हुनुभएको छ ।
त्यसै गरी सबभन्दा विवादित र हानथाप परेको महासचिव पदमा भने देव गुरुङले बाजी मार्नुभएको छ । सो पदमा अर्थमन्त्री जनार्दन शर्माको दावी थियो ।
त्यस्तै उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल रहनुभएको छ ।
त्यस्तै, सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की र कोषाध्यक्षमा श्रीराम ढकाल प्रशान्त रहनुभएको समाचारमा जनाइएको छ । यो बैठकले पारित गरेको निर्णय केन्द्रीय समितिको बैठकले पारित गर्नेछ।
प्रतिक्रिया राख्नुहोस्