प्रचण्ड र नेपाल पार्टी एकीकरणको प्रक्रियामा
एक वर्षअघि नेकपा एमालेबाट अलग भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुने भएको छ ।
सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको बैठकले एकताका लागि संयोजन समिति बनाउने सहमति भएको समाचार छ ।
प्रचण्डको एक नातेदारको हात्तिवनस्थित घरमा भएको भेटमा छिट्टै पार्टी एकता संयोजन समिति बनाउने समहति भएको एक नेताले जानकारी दिनुभयो ।
त्यसै गरी दुई अध्यक्षबीचको बैठकमा आगामी प्रदेश र प्रतिनिधि निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जाने सहमति समेत भएको छ ।
त्यसै गरी बैठकमा आउँदो चुनावी रणनीति, सिट बाँडफाँट, कांग्रेससँगको तालमेल, अरु दलसँगको गठबन्धन लगायत विषयमा कुराकानी भएको थियो ।
भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल पनि सहभागी थिए ।a
प्रतिक्रिया राख्नुहोस्