जन सरोकार

पार्किङको अनुमति लिएर व्यापार गर्ने संरचना भत्काउँदै महानगर

काठमाडौं महानगरपालिकाले राजधानीमा रहेका ठूला सपिङ मलले पार्किङ संरचनाको अनुमति लिएर व्यवसाय संचालन गरेकाहरुमाथि कारबाहीमा उत्रिएको छ ।

बुधबार महानगरका मेयर बालेन्द्र साह स्वयं उपस्थित भएर काठमाडौंको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाइएको छ । साहले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने पनि बताउनुभयो ।

अवैध संरचनामा डोजार नचलाउन अनुरोध गर्दै आएकाहरुलाई साहले काठमाडौं जिल्ला अदालतको समेत खाली गराइँदै छ भन्दै अवैध संरचना जसले बनाएको भए पनि त्यो कानुनको दायरामा ल्याइने प्रतिबद्धताा जनाउनुभयो ।

बबरमहलमा अत्याधुनिक शैलीमा बनाइएको अदालतको अन्डरग्राउन्ड पार्किङको प्रयोगमा छैन । जसका कारण व्यस्त सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गरिरहेका छन् ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले अदालतको भुइँ तल्लामा दसीका रुपमा आएका सवारी साधनहरु रहेको र महानगरबाट यसबारे जानकारी माग भएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.