आम निर्वाचन २०७९

११३ वर्षीया गोपीमाया भन्नुहुन्छ- ‘मतदान ठूलो दान हो’

आज मंसिर ४, २०७९ देशभर जनताले आफ्ना प्रतिनिधि चयनका लागि मतदानमा सहभागी भैरहेका छन् । यसै क्रममा तनहुँ जिल्लाको भानु नगरपालिका–५ स्थित ११३ वर्षीया गोपीमाया पोख्रेलमा मतदानप्रति बेग्लै उत्साह छ ।

शताब्दीपछिको उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको बताउँदै पोख्रेलले मतदान ठूलो दान हुने भएकोले सबै सहभागी हुनुपर्ने बताउनुभयो ।

स्थानीय महादेवता प्रावि मतदान केन्द्रमा उहाँले भोट हाल्दै हुनुहुन्छ । राम्रोसँग आँखा देख्न नसक्ने भएकाले छोराको सहयोगमा भोट हाल्न लगाउने उहाँले बताउनुभयो । आफूले भोट दिएका व्यक्तिले जितेर राम्रो काम गरुन् भन्ने चाहना भएको उहाँले व्यक्त गर्नु भयो ।

पोख्रेलले गत जेठमा सम्पन्न भएको स्थानीय तह निर्वाचन पनि मतदान गर्नु भएको थियो । भोट हाल्नको लागि निकै उत्साहित हुनुभएको उहाँको नाति भरत पोख्रेलले बताउनुभयो । वि।सं। १९६६ भदौ ६ गते जन्मनुभएकी पोख्रेलले आफन्तको सहयोगमा मतदान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.