जन सरोकार
मतपेटिका पुर्याएर फर्किंदै गरेको प्रहरी जिप दुर्घटना : ३ जनाको मृत्यु ९ जना घाइते
बैतडीको पाटनमा हिजो भएको निर्वाचनका मतपेटिका पुर्याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
पाटन नगरपालिकाको थुम भन्ने स्थानमा सोमबार बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका नौजनाको अवस्था चिन्ताजनक छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुर्घटनामा तीन जनाको मृत्यु भएको र नौ जनाको अवस्था ‘अत्यन्तै चिन्ताजनक’ रहेको जानकारी दिनुभयो ।
घाइतेहरुलाई हेलिकोप्टरमार्फत् कोहलपुर पठाउने तयारी भइरहेको छ । उक्त जिपमा १२ जना सवार थिए । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।
प्रतिक्रिया राख्नुहोस्