आम निर्वाचन २०७९
झापा १ मा विश्वप्रकाश र ३ मा राजेन्द्र लिङ्देनको अग्रता
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै रहेको छ ।
मंगलबार बिहान ७ बजेसम्मको परिणाम अनुसार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ४ हजार २९९ मतको अग्रता कायम गर्नुभएको छ ।
शर्माले ११ हजार ३८५ मत पाउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका नेता अग्नि खरेलले ७ हजार ८६ मत ल्याउनुभएको छ ।
त्यसै गरी क्षेत्र नं. ३ मा ९ हजार १२ मत गणना गर्दा लिङ्देनले ४ हजार ७३९ मत प्राप्त गर्नुभएको छ । भने कांग्रेस नेता कृष्ण सिटौलाले ३ हजार ३४२ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्