आम निर्वाचन २०७९

कास्की २ मा विद्याको अग्रता बढ्दै

मतगणनाको दुई दिनसम्म पछि पर्नुभएकी कास्की क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार विद्या भट्टराईले अग्रता बढाउँदै जानुभएको छ ।

मंगलबार साँझसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलभन्दा पछि रहनुभएकी भट्टराईले ताजा स्थितिमा ३ हजार ४४ मतले अग्रता लिनुभएको छ ।

पछिल्लो मतगणना अनुसार भट्टराईले ९ हजार ६ सय ६९ मत पाउनुभएको छ भने कँडेलले ६ हजार ६ सय २५ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । सो क्षेत्रमा गठबन्धनका उम्मेदवार तेस्रो स्थानमा छन् ।

कास्की–२ (१) मा एमालेका कार्की विजयी

कास्की–२(१) मा नेकपा (एमाले)का उम्मेदवार भीमबहादुर कार्की विजयी हुनुभएको छ । कार्की १० हजार पाँच सय ३१ मतसहित विजयी हुनुभएको हो । विजयी कार्कीका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका विजयबाबु भण्डारीले पाँच हजार आठ ९३ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.