आम निर्वाचन २०७९
सत्ता गठबन्धनले जिताउन सकेन घनश्यामलाई
नेकपा एमालेले टिकट नदिएपछि पार्टी छाडेर सत्ता गठबन्धनको समर्थनमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका घनश्याम भुसाल पराजित हुनुभएको छ ।
उहाँलाई नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले ३ हजार ५ सय ६४ मतान्तरले पराजित गर्नुभएको हो । विश्वकर्माले २४ हजार ८ सय ७२ र भूसालले २१ हजार ३ सय ०८ मत प्राप्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्