जन सरोकार

थापाथली काण्डपछि रोकिएको महानगर पुनः तात्यो (भिडियोसहित)

थापाथलीस्थित वाग्मती किनारको सुकुम्बासी बस्ती हटाउने क्रममा झडप भएपछि रोकिएको काठमाडौं महानगरपालिकाले सडक तथा नदी किनार अतिक्रमण गरी बनेका संरचना भत्काउने अभियानलाई पुनः सुरु गरेको छ ।

महानगरपालिका नगर प्रहरीले आजदेखि अनामनगरस्थित रुद्रमती  (धोलिखोला) अतिक्रमित संरचना हटाउन थालेको वडा नं १० का वडा सदस्य नरोज अर्यालले जानकारी दिनुभयो ।

रुद्रमती किनारमा रहेको करिब १६ रोपनी सार्वजनिक जग्गा सुकुम्वासीका नाममा अतिक्रमण भएको छ । अतिक्रमणकारीले यस क्षेत्रमा करिब पाँच दर्जन संरचना निर्माण गरेका छन् ।

राजधानीको सभ्यताको स्रोतका रुपमा रहेका नदी किनारका सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध संरचना निर्माण गर्दा प्रदूषण बढ्ने गरेको छ ।

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पनि काठमाडौँ उपत्यकाका नदी किनारमा अतिक्रमण भएको सार्वजनिक जग्गा खाली नभएसम्म नदी सफाइमा काम गर्न असहज हुने बताउँदै आएको छ ।

महानगरपालिकाले यसअघि वाग्मती नदी किनारलगायत अवैध संरचना पनि हटाउन सुरु गरिसकेको छ । नक्सा पास नभई बनेका अन्य संरचना पनि महानगरपालिकाले हटाएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्साविपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.