राजनीति

योग भनेको फ्याँफ्याँ गर्ने भुँडी हल्लाउने मात्र हैन

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले योगका आठ सूत्र नै अति महत्वपूर्ण रहेको भन्दै अहिले फ्याँफ्याँ गर्ने र भुँडी हल्लाउनेलाई मात्र योग मानेको भन्दै आलोचना गर्नुभएको छ ।

अध्यक्ष ओलीले पतञ्जली योग सूत्र यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान, समाध रहेको चर्चा गर्दै अहिले आसन र प्रणायामलाई मात्र भन्दै योगको व्यापारीकरण भएकोमा असन्तुष्टि जनाउनुभयो ।

अध्यक्ष ओलीले अष्टाङ्गयोगको पहिलो अंग यम अन्तर्गत अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रह पर्दछन् भन्दै यसलाई सबैले पालना गर्दै सत्य र अहिंसालाई जोडेर शान्त समाजको कल्पना पनि योग रहेको बताउनुभयो ।

पोखरामा जारी १० औं नेपाल साहित्य महोत्सवमा अतिथिका रुपमा गैरराजनीतिक विषयमा कुराकानी गर्दै अध्यक्ष ओलीले भाषा, साहित्य, खेलकूद, कलाका विषयमा कुरा गर्दै ज्ञानको गहिराई र लेखनका विषयमा कुरा गर्दै एक सन्दर्भमा योगको कुरा गर्नुभएको हो ।

अन्तरक्रियाका क्रममा उहाँले आफू आस्तिकबाट नास्तिक भएको सन्दर्भसंग उत्तर कोरिया भ्रमणको स्मरण गर्नुभएको थियो ।

अध्यक्ष ओलीले भ्रमणका क्रममा त्यहाँका नेताको शालिक अगाडि पुगेपछि उत्तर कोरियनहरुले शिर निहुराउन आदेश दिएका र त्यसपछि केही अगाडि जाँदा एउटा गुम्बा देखेपछि आफूले उनीहरुलाई शिर निहुराउन भनेको रोचक कुरा सुनाउनुभएको थियो ।

जीवनमा आफूले कविता, चित्रकला, खेलकूद सबैमा हात हालेको उल्लेख गर्दै पोखरामा जेलजीवन बिताउँदा लुगा बुन्न र सिलाउन समेत सिकेको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.