जन सरोकार

काठमाडौँ उपत्यकाको एकीकृत गुरुयोजना निर्माण सुरु

काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु गरेको छ । सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यो कार्यक्रम समावेश गरिएको छ ।

काठमाडौँ उपत्यकाको एकीकृत गुरुयोजना नेस्ट जियोकन प्यारागन जेभीले निर्माणको ठेक्का पाएको प्राधिकरणका सूचना अधिकारी इञ्जिनीयर सौरव ढकालले राससलाई जानकारी दिनुभयो ।

एकीकृत गुरुयोजना निर्माणपछि काठमाडौँ उपत्यकालाई स्वच्छ, सुन्दर, हराभरा सहर बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

गुरुयोजनाअनुसार काम गर्न काठमाडौँ उपत्यकाका १८ वटै नगरपालिकालाई सहज हुनेछ । यसको कार्यान्वयन गर्ने जिम्मेवारी पनि यहाँका स्थानीय तहको हुने प्राधिकरणले जनाएको छ ।

एकीकृत योजनाअनुरुप काम भए/नभएको अनुगमन र नियमन भने प्राधिकरणले नै गर्ने छ । एकीकृत योजना बनाउन रु नौ करोड बजेट विनियोजन गरिएको छ । एक महिनाअघिदेखि सुरु भएको एकीकृत गुरुयोजना निर्माण १५ महिना अर्थात् २०८० फागुनसम्ममा सम्पन्न हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.