प्रधानमन्त्री प्रचण्डद्वारा राष्ट्रिय पोशाकमा शपथग्रहण
नवनियुक्त प्रधानमन्त्री पुष्पकममल दाहाल प्रचण्डले राष्ट्रिय पोशाकमा सजिएर पद तथा गोपनियताको शपथ लिनुभएको छ । यसअघि दुईपटक प्रधानमन्त्री हुँदा टाइसुटमा शपथ लिनुभएका प्रचण्डलाई यसपटक राष्ट्रिय पोशाकमा देखिएको हो ।
तर, राष्ट्रिय पोशाक भने प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वेच्छाले नभै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शपथ लिँदा दौरा सुरूवाल लगाउन आग्रह गरेपछि उहाँले राष्ट्रिय पोशाक लगाउनुभएको हो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको उपस्थिति थियो ।
समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतको उपस्थिति थियो ।
समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।
शपथ ग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नवनियुक्त प्रधानमन्त्री प्रचण्डसँगै बस्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्