राजनीति
नियमविपरीत राखेका सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न गृहको निर्देशन
गृह मन्त्रालयले आफू मातहतका निकायका बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीले नियमविपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै नियमविपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्था कार्यविधि २०७७ को व्यवस्थाभन्दा विपरीत सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो ।’’
बहालवाला तथा पूर्व कर्मचारी–सुरक्षाकर्मीहरुले कार्यविधिमा तोकिएअनुसार मात्रै व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्