अर्थ

अर्थतन्त्र नियन्त्रण ल्याउने अर्थमन्त्रीका योजना (भिडियोसहित)

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्रिपरिरषद्को पहिलो बैठकले पनि अर्थतन्त्र सुधारका लागि विभिन्न योजना अघिसारेको छ भने मन्त्रिपरिषद्का सदस्यहरुले बढेको १५ प्रतिशत तलब नलिने भएका छन् ।

मंगलबार नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग भएको आजको भेटमा उहाँले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको निजी क्षेत्रले भोगेको समस्याप्रति सरकार संवदेनशील रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले अर्थतन्त्रलाई सुधार गर्न विभिन्न उपाय अपनाउने निर्णय गरेको छ ।यो समस्या सम्बोधन गर्न सबैको साझा प्रयास हुनुपर्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.