अर्थ

‘नो रेमिट्यान्स’ अभियानपछि प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री पसष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिनुभएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस प्रणाली लागू गर्दै भन्सार छलेर ल्याइएका मोबाइल फोनहरु १५ पुसदेखि नेपालमा नचल्ने व्यवस्था गरेको छ ।

यो व्यवस्थाको वैदेशिक रोजगारमा गएकाहरुले चर्को बिरोध गर्दै रेमिट्यान्स नै नपठाउने चेतावनी दिइरहेका छन् । उनीहरुले विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै सामाजिक सन्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाइरहेका छन् ।

यस्तो अवस्थामा आएपछि प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई पुरानै प्रक्रियामा फोन चल्न दिन निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले दिएको जानकारी अनुसार नयाँ गर्न खोजिएको कडाइ लागू नगर्न र पुरानै चलिरहेको प्रक्रियामै रहन दिन प्रधानमन्त्रीबाट निर्देशन भएको हो ।

उता प्राधिकरणले भने मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न यो व्यवस्था लागू गरिएको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.