प्रदेशसुदूरपश्चिम

सुदूरपश्चिममा पुस २७ गतेसम्म मुख्यमन्त्री दावी पेश गर्न आव्हान, २८ गते सभामुख चयन

सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री पदमा दाबी गर्न आज आह्वान गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते ५ बजेभित्र सरकार गठनको दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सरकार गठन गर्न कुनै पनि पार्टीको बहुमत नपुगेकाले एक्लैको सरकार बन्नसक्ने छैन । सरकार गठन गर्न लागि दुई वा दुईभन्दा बढी पार्टीको बहुमत भए सरकार बन्ने देखिएको छ । सरकार बनाउन २७ सदस्यको आवश्यकता पर्छ ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्तिका सात नेकपा (एकीकृत समाजवादी)का चार राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन् ।

यसै गरी प्रदेश सचिवालयले पुस २८ गते सभामुखको निर्वाचन गर्ने भएको छ । कार्यसूची अनुसार २७ गते बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म प्रदेशसभाको कुनै सदस्यले सभामुखमा मनोनयन दर्ता गराउने, दिउँसो ३ बजेसम्म दर्ता भएको प्रस्ताव अनुसारको नामावली प्रकाशन गर्ने, दिउँसो ४ बजेसम्म प्रस्तावमाथि दाबी विरोधको समय तोकिएको छ ।

४ देखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनसक्ने समय राखिएको छ भने २८ गते दिउँसो १ बजे प्रदेशसभा भवनमा सभामुख चयनका लागि मतदान हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.