विश्व समाचार

मुम्बई एयरपोर्टमा ४७ करोडभन्दा बढीको लागुऔषध बरामद

मेक्सिकोमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु

मुम्बई एयरपोर्टमा दुई छुट्टाछुट्टै कारबाहीमा ४७ करोड भन्दा बढी मूल्यको लागुपदार्थ नियन्त्रण गरिएको छ । छ किलोग्राम हेरोइन र कोकिन बरामद गरिएको भन्सार अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

हेरोइन कागजातको फोल्डर कभरमा लुकाइएको थियो भने कोकेन कपडाको बटनमा लगाइएको पाइएको छ । दुई छुट्टाछुट्टै घटनामा ३१.२९ करोड मूल्यको ४ दशमलव ४७ केजी हेरोइन र १५ अर्ब ९६ करोड मूल्यको १.५९६ केजी कोकिन बरामद गरिएको को ।

उता मेक्सिकोमा जेलमा रहेका लागुऔषध कारोबारी जोक्विन ‘एल चापो’ गुजम्यानका छोरा ओभिडियो गुजम्यानलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु भएको मेक्सिको सरकारले शुक्रबार जनाएको छ । उक्त झडपमा १० सैनिक र १९ जना संदिग्ध अपराधी मारिएका सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

“दुर्भाग्यवस, कर्तव्यपालनको क्रममा सेनाका १० जना सदस्यले आफ्नो ज्यान गुमाउनु परेको छ,” रक्षामन्त्री लुइस क्रेसेन्सियो सान्डोवालले पत्रकारहरूसँग भन्नुभयो । बिहीबारको कारबाहीमा ‘कानून उल्लङ्घन गर्ने’ १९ जना संदिग्ध लागुऔषध कारोबारी पनि मारिएका उहाँले बताउनुभयो ।

सन् २०१७ मा एल चापोलाई संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गरिएपछि ओभिडियो गुजम्यानले आफ्नो बुबाको कारोबार चलाउन सहयोग गरेको आरोप लगाइएको थियो ।

उत्तरपश्चिमी शहर कुलियाकानमा बिहीबार पक्राउ परेका ३२ वर्षीय उनलाई गुप्तचर निकायले गरेको छ महिना लामो खोजीपछि सैन्य विमानबाट मेक्सिको सिटी लगिएको सरकारले जनाएको छ ।

ओभिडियो गुजम्यानलाई पक्रने सूचना दिनेलाई अमेरिकाले ५० लाख अमेरिकी डलरसम्म पुरस्कार दिएको थियो । यसले उनलाई कुख्यात सिनालोआ कारोबार अभियानमा एक प्रमुख अभियुक्त भएको पुष्टि गर्छ ।

मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले आगामी हप्ता अमेरिकी समकक्षी जो बाइडेनलाई उत्तर अमेरिकी नेताहरूको शिखर सम्मेलनमा स्वागत गर्ने तयारी गरिरहेका बेला कुलियाकानलाई पक्राउ गरिएपछि चलेको गोली र आगजनीले मेक्सिकोमा हलचल मच्चाएको छ ।

बिहीबारको प्रारम्भिक रिपोर्टमा हिंसामा एक नेसनल सुरक्षाकर्मीको मृत्यु हुनुका साथै कम्तीमा २८ जना घाइते भएको जनाइएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.