जन सरोकार

नक्कली डलर देखाएर ठगी गर्ने चारजना पक्राउ, एकजना फरार

सिन्धुपाल्चोकको बाह्रबीसेबाट नक्कली अमेरिकी डलर देखाएर ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ भने एकजना फारर रहेका छन् । पत्रक्राउ गरिएकाहरुमाथि थप अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार नक्कली डलर देखाएर गरीबाह्रबिसे नगरपालिका–३ का ३ का २१ वर्षीय सोमबहादुर डुम्जन, २३ वर्षीय दिवस डुम्जन, बाह्रबिसे नपा–४ का २३ वर्षीय २८ वर्षीय शेरबहादुर तामाङ र त्रिपुरा सुन्दरी गाउँपालिकाका २८ वर्षीय देवा डुम्जन रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ३ वटा मोटरसाइकल, १ हजार ७ सय ४१ रुपियाँ अमेरिकी डलर, ६ हजार २१० नेपाली रुपियाँ, ८ बन्डल कागजको नक्कली नोट, पाँच थान मोबाइल, ३ थान गुलेली बरामद गरेको छ ।

पक्राउ परेकाहरूलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २ सय ४९ र २ सय ५२ बमोजिम ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर तथा सङ्गठित अपराध सम्बन्धित कसुर मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढेको मकवानपुर प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.