जापान

राजेश पायल राई जापानमा, फुकुओकामा पहिलो सो आज (फोटो)

जापानका नेपाली संगीत पारखीहरुलाई मनोरन्जन प्रदान गर्न चर्चित नेपाली गायक राजेश पायल राई जापान आइपुगेका छन। नेपाल आदिवासी जनजाति महासंघ जापानको आयोजनामा आज शनिबार फुकुओकाबाट सुरु हुने नेफिन प्रथम सास्कृतिक साझ २०२३का लागि राई जापान आइपुगेका हुन् ।

राजेश पायल सहित द भ्वाईस रियालिटि सो की रनरअप सविना लिम्वु र द भ्वाईसकी सहभागि समृद्धि परियार सहितको टोलीलाई शनिवार बिहान नारिता अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरियो ।

समारोहमा कार्यक्रमका संयोजक बुद्धि गौचन, जनजाति महासंघ जापानका अध्यक्ष संजीव राई, एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरे, नेफिन जापानका महासचिव शिशिर लिम्बु, नेफिन जापानको सल्लाहकार हवलचन्द्र लामा, थकाली सेवा समितिको अध्यक्षः तथा कार्यक्रम संयोजक बुद्धि गौचन, तमु धी जापानका अध्यक्ष रमेश गुरूगं, शेर्पा संघ जापानका महासचिबः पासाङ शेर्पा लगायत बिभिन्न संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरू, सामाजिक अभियान्ताहरू लगायतको जम्बो टोलीले पुष्प गुच्छा सहित भव्य स्वागत गरेका थिए ।

राई ईज किंग नामले चर्चित गायक राजेश पायलले जापान यात्राको पहिलो कार्यक्रम आज जनवरि ७ तारिक फुकुओका भोली ८ तारिक नागोया, जनवरि १४ तारिक चिवा फुनावासी, १५ तारिक टोकियो र जनवरि १८ तारिक ओकिनावामा सांगीतिक धमाका मच्चाउने छन।

नेपाली सांगीतिक क्षेत्रमा हालसम्म कै सर्वाधिक गीत गाएका राजेश पायल राई भर्सटायल एवं वरिष्ठ गायक हुन् । कार्यक्रमबाट संकलित रकम राष्ट्रिय आविस्कार केन्द्र काठमाण्डौलाई आर्थिक सहयोग गरिने आयोजक समिति संयोजक बुद्धि गौचनले जनाकारी दिनु भयो ।

कार्यक्रमको तयारी पुरा

यसैबीच कार्यक्रम आयोजक जनजाति महासंघ जापानका अध्यक्ष संजीव राईका अनुसार पाच वटै क्षेत्रको तयारी सकिएको छ। साथै कार्यक्रममा सहभागि भएर भरपुर मनोरंजन लिनुहुन सम्र्पूण जापानवासी नेपालीहरुमा अपील गर्नुभएको ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.