विश्व समाचार

चीनमा कोरोनाको भयावहता : एक महिनामा ६० हजारजनाको मृत्यु

कोरोना भाइरसको उद्गमथलो चीनमा पछिल्लो समय संक्रमण तीब्रगतिमा फैलिएको छ । पछिल्लो एक महिनामा मात्रै चीनमा करिब ६० हजार जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

चिनियाँ अधिकारीहरूका अनुसार सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९ सय ३८ जनाको कोभिडका कारण मृत्यु भएको छ ।

त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोग अन्तर्गतको चिकित्सा प्रशासन ब्यूरोका प्रमुख जियाओ याहुईका अनुसार चीनमा सुरु भएको पछिल्लो लकडाउन खुकुलो भएपछि सार्वजनकि भएको यो सबैभन्दा ठूलो संख्या हो ।

जिआओका अनुसार ५,५०३ जनाको श्वासप्रश्वास सम्बन्धी समस्याका कारण र ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका रोगका कारण भएको छ ।

चीनले यसअघि कोभिड–१९ का कारण हुने मृत्युको वर्गीकरण गर्ने पद्धतिमा संशोधन गर्दै भाइरसका कारण श्वासप्रश्वासमा समस्या भएर मृत्यु हुनेको मात्र गणना गर्ने बताएको थियो । तर विश्व स्वास्थ्य संगठनले यसको आलोचना गर्दै नयाँ परिभाषा ‘अत्यन्तै संकीर्ण’ भएको बताएको थियो ।

केही दिनअघि मात्रै त्यहाँका अधिकारीहरूले कोरोना संक्रमणले मृत्यु हुनेको यकिन संख्या लिन आवश्यक नभएको समेत बताएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.