जापान

जी ७ समूहका पाँच राष्ट्रको भ्रमण फलदायी : प्रधानमन्त्री किशिदा

जापानका प्रधानमन्त्री फुमियो किशिदाले जी-७ समूहका पाँच राष्ट्रको भ्रमणको विषयमा जानकारी दिनुभएको छ । शनिबार वासिङ्टनमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री फुमियोले जी-७ समूहका पाँच राष्ट्रको भ्रमण सकारात्मक र फलदायी रहेको जानकारी दिनुभएको हो ।

फुमियो

उहाँले फ्रान्स, इटाली, बेलायत, क्यानडा र अमेरिकाको भ्रमण गर्नुभएको हो । भ्रमणका क्रममा नेताहरुले विधिवत अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा गर्न नजिकबाट सहयोग गर्ने सम्झौताको रूपरेखा दिएको बताउनुभयो ।

त्यस्तै नेताहरुसँग भएको वार्ताका सम्बन्धमा किशिदाले प्रत्येक नेतासँग द्विपक्षीय समस्या र सहकार्यका साथै विश्वको अनिश्चित सुरक्षा अवस्थाका विषयमा पनि खुलेर छलफल गरेको बताउनुभयो । किशिदाले हिरोशिमामा यस वर्षको जी-७ शिखर सम्मेलनको अध्यक्षको रूपमा जापानको भूमिकाको व्याख्या गर्दै जी-७ को वर्षभरिका गतिविधिहरूको विषयमा नेताहरूसँग कुरा गर्नुभयो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटको विषय जानकारी दिँदै प्रधानमन्त्री किशिदाले रक्षा खर्च बढाउने र प्रतिकार गर्ने क्षमता हासिल गर्नेलगायत राष्ट्रिय सुरक्षा रणनीतिमा ठूलो परिवर्तन गर्ने जापानको निर्णयलाई राष्ट्रपतिले पूर्ण समर्थन गरेको जानकरी दिनुभयो । यस्तै दुई नेताले संयुक्त वक्तव्य जारी गर्नुअघि जापान-अमेरिका गठबन्धनको प्रतिरोधलाई अझ बढाउने आफ्नो संकल्प दोहोर्याए।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.