खेलविविध

सागका विजेता खेलाडी सम्मानित

किराँत राई खेलकुद सङ्घले नेपालमा आयोजना भएको तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक विजेता किराँत राई खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।

सागका विजेता खेलाडी सम्मानित

सङ्घको आफ्नो १०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले साग प्रतियोगिताको विभिन्न खेलमा पदक विजेता १९ जना किराँत राई खेलाडीलाई सम्मान गर्नुभयो ।

उहाँले खेलक्षेत्र राष्ट्रको सान भएकाले यस क्षेत्रको विकास गर्न सके देशको अर्थतन्त्रमा सुधार हुने बताउनुभयो । सम्मानित हुने खेलाडीमा उसु खेलकी जुनी राई, गल्फका शुक्रबहादुर राई, शारीरिक सुगठनका उमेश राई र सुरेशदेव पराजुली, आर्चरीकी इमायुङग राई, बास्केटबलकी आशा राई हुनुहुन्छ ।

त्यसैगरी ह्यान्डबलकी बन्दना राई, निशा राई, माला राई, उमा राई र रन्जना राई, भारोत्तोलनकी अस्मिता राई र सङ्गीता राई, बक्सिङका पुरन राई, ब्याडमिन्टनकी सीता राई र अनुमाया राई, तेक्वान्दोकी युनिशा राई, करातेका एस्तर राई सम्मानित हुनुभयो ।

बास्केटबलका प्रशिक्षक विकास चाम्लिङ राईलाई पनि सो अवसरमा सम्मान गरियो । सम्मानित हुने खेलाडी एवं प्रशिक्षकले सम्मानपत्रसहित जनही १० हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.