जापान
आबाशीरी नजिकै समुद्रमा देखियो हिमशिला
जापानका मौसम पर्यवेक्षकका अधिकारीहरूले होक्काइडो प्रान्तको आबाशीरी सहर नजिकैको समुद्रमा तैरिरहेको हिमशिला देखेका छन् ।
बिहीबार अधिकारीहरूले अब्जर्भेटरीको उत्तरमा क्षितिजमा समुन्द्रमा हिमशिला तैरिरहेको देखेका हुन् जो यस मौसमको पहिलो हो । पूर्वी होक्काइडोमा रहेको नोटोरो प्रायःद्वीपको पर्यटकीय गन्तव्यबाट तैरिरहेका हिमशिलाहरू समुद्री किनारतर्फ सरेको देख्न सकिन्छ ।
गत वर्षको तुलनामा यी हिमशिला सामान्यभन्दा ११ र ९ दिन ढिलो देखा परेका हुन् । १९४६ मा तथ्यांक राख्न सुरु भएदेखि यसअघि ४ पटक हिमशिला देख्न ढिला भएको थियो ।
मौसम अधिकारीहरूका अनुसार तैरिरहेका हिमशिला हरू बिस्तारै ओखोत्स्क सागरतर्फ सर्दैछन् । यी हिमशिलाहरु पर्यटकका लागि आकर्षक हुने भएकाले त्यहाँ चाँडै पर्यटकहरूको भीड लाग्ने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्