जापान

नेपाल-जापान शैक्षिक तथा व्यापार औद्योगिक सेमिनार सम्पन्न

एरु एकेडेमी ओसाका र क्योउदाइ रेमिट्यान्स (आईएमइ)को संयुक्त आयोजनामा पहिलोपटक नेपाल जापान शैक्षिक तथा व्यापार औद्योगिक अनलाइन सेमिनार सम्पन्न भएको छ।

कार्यक्रमलाई ओसाका पर्यटन ब्यूरो, मानव संशाधन विकास र एशिया औधोगिक व्यापार निर्माण प्लेटफर्म, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्यूरो, ओसाका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, ओसाका बिजनेस डेभलपमेन्ट एजेन्सी, जेटरो ओसाका, मोरिकोसान कम्पनी, स्टडी अब्रोड कन्सोर्टियम ओसाका, क्लबहाउस ग्लोबल रिपब्लिक लगायतको सहकार्यमा सम्पन्न गरिएको थियो ।

यो प्रथम अनलाइन सेमिनार कार्यक्रममा जापान र नेपालको बिभिन्न क्षेत्र पर्यटन, होटल, इन्स, रेस्टुरेन्ट उद्योग, स्पेसिफाइड स्किल वर्कर, आई टी, उत्पादन उद्योग, रियल एस्टेट तथा मानव संशाधन र नेपालका शैक्षिक संस्थाहरूसँग सहकार्य गरी ७० भन्दा बढी कम्पनीहरु सहभागी भएका थिए ।

कार्यक्रमलाई जापानको तर्फबाट एरु एकेडिमीका अध्यक्ष केईइची हासेगावा, चेयरमेन माकोतो साकिमुरा क्योउदाइ रेमिट्यान्सका चेयरमेन तथा नेपाली राजदूताबास जापान फुकुओकाका वाणिज्य दूत किमोतो युइचिरोले सम्बोधन गर्नु भएको थियो ।

नेपालको तर्फबाट आईएमइ ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकाल, आई जि सि ग्रुप अफ कम्पनीका चेयरमेन गणेशमान लामा तथा काठमाडौं विश्व बिद्यालयका एकेडिमीआ इण्डस्ट्री समन्वय बिभाग निर्देशक डा राम लामाले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा आईएमइ ग्रुप का संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले नेपाल जापान सम्बन्धको लामो इतिहास रहेको कुरा ब्यक्त गर्दै जापानले नेपालबाट भाषा विद्यार्थी,सामान्य कामदार मात्रै नभएर आईटी लगायतको क्षेत्रको हाइली स्किल्ड म्यानपावर पनि प्रशस्त मात्रामा लिन सक्ने कुरा ब्यक्त गर्नु भयो ।

त्यस्तै काठमाडौं विश्वबिद्यालयका डा राम लामाले जापानमा नेपाली लगायत एसियन मुलुकका विद्यार्थी हरु बढ्दो अवस्थामा रहेको र त्यस्तो विद्यार्थीहरुलाई मध्यनजर गर्दै काठमाडौं विश्वबिद्यालयले सम्बन्धित देशको विश्व बिद्यालय तथा शैक्षिक संस्थासँग सहकार्य गरि सोही देशमा काठमाडौं विश्वबिद्यालयको डिग्री उपलब्ध गराउने सोच सहित अगाडि बढेको बताउनुभयो ।

एरु एकेडिमीका अध्यक्ष श्री केईइची हासेगावाले आफुहरुले बिभिन्न देशको विद्यार्थीहरुलाई दिक्षित गरी उज्ज्वल भविस्य निर्माणमा योगदान दिदै आएको र आगामि दिनमा यो कार्यलाई अझै अगाडि बढाउदै लान नेपाल र जापान को सम्बन्धलाई मजबुत बनाउदै अगाडि बढ्न आजको कार्यक्रमले थप प्रेरित गरेको कुरा ब्यक्त गर्नुभयो।

कार्यक्रममा क्योउदाइ रेमिट्यान्सका चेयरमेन तथा नेपाली राजदुताबास जापान फुकुओकाका वाणिज्य दूत किमोतो युइचिरोले नेपाल सँगको लामो ब्यबसायिक सहकार्य सँगै सामाजिक र राष्ट्र हित सम्बन्धित रहेर बिभिन्न माध्यमबाट सहयोग गर्न र योगदान दिन पाउदा खुसि लागेको कुरा ब्यक्त गर्नुभयो।

कार्यक्रमको ब्यवस्थापन संयोजक समेत गर्नुभएका क्योउदाइ रेमिट्यान्स का म्यानेजर तथा एनआरएन जापानका पूर्व केन्द्रिय सल्लाहकार नरेन्द्र बस्नेत (दिनेश)ले जापानमा नेपालीहरुको अवस्था अवसर र समस्याको विषयमा प्रकाश पार्नु भएको थियो।

कार्यक्रममा नेपाली विद्यार्थी समाज जापानका महसचिव सञ्जय कार्कीले जापानमा नेपाली विद्यार्थीहरुको अवसर र चुनौती विषयमा आफ्नो बिचार राख्नु भएको थियो ।

दुई चरणमा गरिएको कार्यक्रमको दोश्रो चरणमा सहभागि कम्पनीहरुलाई पर्यटन, होटल, इन्स, रेस्टुरेन्ट उद्योग, स्पेसिफाइड स्किल वर्कर, आई टी, उत्पादन उद्योग, रियल एस्टेट तथा मानव संशाधन जस्ता बिभिन्न ग्रुपमा बिभाजन गरी अन्तर्कृया कार्यक्रम गरिएको थियो ।

त्यस अवसरमा नेपालबाट जापानमा विद्यार्थीहरु तथा कामदार पठाउन चाहनुहुने र नेपालको बिभिन्न क्षेत्रमा ब्याबसायिक प्रबर्धन तथा अभिब्रिद्धी गर्न चाहने जापानिज कम्पनीहरुलाई एक अर्काप्रति ब्याबसायिक छलफल र ब्यापारिक साझेदारीको सम्भाबना लगायतको विषयमा अन्तक्रिया गराइएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.