अर्थ

शारीरिक अशक्तहरुलाई नगरपालिकाले सीप सिकाएपछि…

शारीरिक अपाङ्गता भए पनि सीप र जाँगर हुनेहरु स्वरोजगार बन्दै समाजमा उदाहरण प्रस्तुत गरेका अनेक दृष्टान्त छन् । यस्तै उदाहरणीय कार्य लमही नगरपालिकाको सहकार्यमा भैरहेको छ ।

दाङको लमही नगरपालिकाले सीपमूलक तालिम दिएपछि त्यहाँ रहेका अशक्तहरुले विभिन्न घरेलु सामग्री निर्माण गरी विक्री गर्न थालेका छन् ।

तालम लिएका शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले निर्माण गरेको विभिन्न सामग्रीहरु लमहीस्थित कोसेली घरमा राखेर विक्री गर्ने गरिएको छ ।

लमही नगरपालिकाले नगरपालिकाभित्र रहेका शारीरिक अशक्तहरुलाई सङ्गठित गरी जीविकोपार्जनका लागि सीप प्रदान गरेपछि उनीहरुले बाँसका विभिन्न सामग्री बनाएर बिक्री गर्ने गर्दछन् ।

स्थानीय तहले शारीरिक रुपमा अशक्त भएकाहरुलाई संगठित गरेर स्वरोजगार बनाउने अभियान चलाउने हो भने यसको प्रभाव देशव्यापी हुनेछ ।

उनीहरु स्वरोजगार बन्न थाले भने शारीरिक अशक्तहरुलाई समाजमा हेप्ने, अपहेलना गर्ने जस्ता कार्यहरु पनि बन्द हुनेछन् भने मुलुकमा उद्यमशीलताको पनि विकास हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.