राजनीति

जनकपुरधामको शिक्षा स्वास्थ्यको अवस्थाप्रति पूर्वराष्ट्रपति यादव चिन्तित

पूर्वराष्ट्रपति डा रामवरण यादवले जनकपुरधामको पर्यावरण, शिक्षा र स्वास्थ्य अवस्था खस्किदै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ । जनकपुरधाममा बिहीबारदेखि सुरु भएको तीन दिवसीय चौथो ‘जनकपुर साहित्य महोत्सव’को उद्घाटन गर्दै उहाँले यसप्रति ध्यान दिन सरोकारवाला सबैमा आग्रह गर्नुभयो ।

पूर्वराष्ट्रपति यादवले जनकपुरधामका शैक्षिक संस्थाहरुको गुणस्तर विगतमा अन्यत्रभन्दा राम्रो रहेको उल्लेख गर्दै पछिल्लो समय अवस्था खस्किदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । “अवस्थामा सुधार ल्याउन सबै मिलेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो–“यहाँको संस्कृति र सभ्यता निर्माणमा सबैको महत्वपूर्ण योगदानको आवश्यकता छ ।”

पूर्वराष्ट्रपति यादवले आफ्नो सम्पूर्ण जीवन लोकतन्त्रकै लागि समर्पित गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “युवा पुस्ता लोकतन्त्र बचाउन सक्रिय हुनुपर्छ ।” पूर्वराष्ट्रपति यादवले लोकतन्त्र आठ दशकको उपलब्धि रहेकाले यसलाई सबैले चनाखो भएर बचाएर राख्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

बिहीबारदेखि साहित्य महोत्सव सुरु
जनकपुरधाममा आजदेखि तीन दिवसीय चौथो ‘जनकपुर साहित्य महोत्सव’ सुरु भएको छ । महोत्सवको चौथो संस्करण १३ गतेसम्म चल्ने छ ।

विसं २०७६ देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यस वर्ष साहित्य, सङ्गीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी छलफल हुने आयोजक नवमिथिला फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालले बताउनुभयो । साहित्यिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा दिनसम्म देशभरिका ख्याति प्राप्त स्रष्टाको सहभागिता रहने छ । फागुन १३ गते भारतकी चर्चित गायिका मैथिली ठाकुरले पनि साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.