कांग्रेस र एमालेबीच प्रमुख प्रतिपक्षको स्थानमा बस्ने विवादपछि संसद बैठक स्थगित
सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको नेकपा एमाले र विश्वासको मत दिएर सरकारमा नबसेको नेपाली कांग्रेसबीच प्रमुख प्रतिपक्षी दलको स्थानमा बस्ने दावीपछि आज बुधबारको संसदको बैठक स्थागित भएको छ ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले आफूहरू स्वाभाविक प्रमुख प्रतिपक्षी रहेको तर्क गरेको छ भने नेपाली कांग्रेसले आफूहरू सरकारमा नजाँदासम्म विपक्षमै बस्ने दाबी गरेको छ।
गत पुस २६ गते कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो। विश्वासको मत दिए पनि संसद सचिवालयले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिइसकेको छ।
सरकारमा रहेको एमालेले आफ्ना मन्त्रीलाई सोमबार फिर्ता बोलाइसकेको छ भने प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
दुई दलबीचको विवादले संसद बैठक स्थगित भएपछि संसद सचिवालयले भने विशेष कारण देखाउँदै सूचना टाँस गरी अर्को बैठक चैत ५ गते बस्ने जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्