साहित्य
तिम्रो देन हो यो जीवन
तिम्रो देन हो यो जीवन जिउन सिकायौ
मेरो मनको प्रेम व्यक्त गर्ने बनायौ ।
निदाउनु अघि शुभरात्रि भनेर गयौ
बिहानको समयमा आएर मलाई ब्युँझायौ
मलाई उपहार दिन गुलाफको फूल लिएर आयौ
मैले चिनेको मान्छे तिमीले बोल्न सिकायौ ।
सबैसँग गरिने व्यवहारको बारेमा सिकायौ
माया गर्न सिकायौ मायामा बाँच्न सिकायौ
बिग्रिएको सम्बन्ध बनाउन सिकायौ
मलाई तिम्रो काखमा निदाउने बनायौ ।
दिपायल सिलगढी न।पा।२ दिपायल डोटी
प्रतिक्रिया राख्नुहोस्