राजनीति
अतिथि सदनका लागि वडाध्यक्ष साहले गरे दुई करोडको जग्गादान
सिरहाको लहान नगरपालिका–८ का वडाध्यक्ष श्याम साहले रु दुई करोड मूल्य बराबरको दुई कठ्ठा जग्गादान गर्नुभएको छ । उहाँले सोनार समाजको अतिथि सदन निर्माणका लागि लहान –७ स्थित टाउन प्लानिङ्गमा रहेको जग्गादान गर्नुभएको हो ।
सोनार समाजद्वारा आयोजित होली मिलन कार्यक्रममा जग्गादाता वडाध्यक्ष साह र उहाँकी आमा फुलोदेवीलाई सम्मान गरिएको छ । वडाध्यक्ष साहले सोनार सेवा सदन समितिको नाममा उक्त जग्गा पास गरेको समाजका जिल्ला अध्यक्ष जयप्रकाश साहले बताउनुभयो ।
‘‘आफ्नो सुमदायको विकासका लागि जग्गादान गरेको छु”, वडाध्यक्ष साहले भन्नुभयो, “अब भवन निर्माणमा पनि सहयोग गर्नेछु ।’’ विपन्नका परिवारलाई आर्थिक उपार्जन र रोजगारी दिनका लागि पनि समाजले सहयोग गरिराखेको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्