काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ श्रृङखला अन्तर्गत नेपाल र युएईबीचको खेल भैरहेको छ । जारी खेलमा नेपालले युएईलाई जितका लागि २४९ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालको सुरुवात निकै खराब रहे पनि कप्तान रोहित पौडेलको अर्धशक अनि गुलशन झा र दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा युएईलाई सम्मानजनक स्कोर दिन सफल भएको हो ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले ओडीआईमा आठौं अर्धशतक प्रहार गर्ने क्रममा सर्वाधिक ७७ रन बनाए ।
त्यसै गरी आरिफ शेखले ४३ र गुलशन झाले ३७ रन जोडे भने दीपेन्द्रसिं ऐरीले ३४ र भीम सार्कीले २९ रन जोडे । रोहितले ११२ बल खेल्दै ९ चौका प्रहार गरी ७७ रन बनाए ।
ओपनर आसिफ शेख खाता नखोली दोस्रो ओभरमा आउट भए । कुशल भुर्तेल ८ र कुशल मल्ल ९ रन बनाएर आउट भए । २२ रनमै ३ विकेट गुमाएको अवस्थामा रोहितले भीमसँग चौथो विकेटका लागि ५४ र आरिफ शेखसँग पाँचौ विकेटका लागि ८६ रनको साझेदारी गरे ।
यूएईका लागि आयान अफजल खान, जाहुर खान, रोहन मुस्ताफा र जावार परिदले २-२ विकेट लिए । आर्यन लाक्रा र जुनैद सिद्दिकीले समान १ विकेट लिए ।
प्रतिक्रिया राख्नुहोस्