जापान
राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री किशिदाको बधाई
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई जापानका प्रधानमन्त्री किशिदा फुमियोले काठमाडौंस्थित दूताबासमार्फत औपचारिक रुपमा बधाई ज्ञापन गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले सोमबार पदभार ग्रहणसँगै प्रधानमन्त्री किशिदाले औपचारिक पत्रमार्फत उहाँलाई बधाई ज्ञापन गर्नुभएको जापानी राजदूताबासले जनाएको छ ।
राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालको सामाजिक र आर्थिक विकासका लागि द्विपक्षीय सम्बन्ध र मित्रतालाई प्रवद्र्धन गर्न तथा सहकार्य गर्न जापान सरकार नेपाल सरकारसँग थप काम गर्न तत्पर रहेको प्रधानमन्त्री किशिदाले उल्लेख गर्नुभएको छ । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्