विश्व समाचार
अदालतको मानहानीमा दोषी ठहर राहुल गान्धीको सांसद पद खारेज
चार वर्ष पुरानो मानहानी मुद्दामा दुई वर्षको सजाय पाएका भारतीय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता खारेज भएको छ ।
अदालतबाट जेल सजायको फैसला भएको भोलिपल्ट आज लोकसभा सचिवालयले केरलाको वाडनाड लोकसभा सिटमा निर्वाचित गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो ।
भारतीय संविधानको धारा १०२ (१) र जनप्रतिनिधित्व अधिनियम १९५१ अनुसार सजाय सुनाएकै दिन हिजो (२३ मार्च २०२३) देखि उनको सांसद पद खारेज भएको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्