राजनीति

सडक सञ्जालले आर्थिक विकासमा टेवा पुग्छ : मन्त्री ज्वाला

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार क्षेत्रको विकासमा आवश्यक नीति निर्माण तथा कानूनी समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्री प्रकाश ज्वाला

मन्त्रालयमा शुक्रबार पदबहाली गर्दै उहाँले विकास निर्माणका क्रममा हुने ढिलासुस्तीले योजनाअनुसार कार्यप्रगति हासिल गर्न नसकिने हुँदा छिटो छरितो कार्य सम्पन्न गर्न निर्देशन दिनुभयो ।

प्रत्येक पालिकामा सडक पुर्याउने सरकारको योजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उहाँले कतिपय जिल्लासमेतमा सडक यातायात विस्तार गर्न बाँकी रहेकाले त्यसलाई पूरा गर्नुपर्ने बताउनुभयो ।

मन्त्री ज्वालाले पूर्वाधार तथा यातायात सञ्जालको विकासले विभिन्न सामाजलाई जोड्नुका साथै स्थानीय व्यापारलाई बजारीकरण गरी जनताको आय आर्जनमा सहयोग पुयाउने उल्लेख गर्दै यस कार्यले दुर्गमलाई सुगममा परिवर्तन गरी आर्थिक समृद्धि कायम गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.