जापानमा नेपालीको संख्या डेढलाख नजिक
जापानमा नेपालीको संख्या ह्वात्तै बढेको छ । एक तथ्यांक अनुसार सन् २०२२ को अन्तसम्म जापानमा १ लाख ३९ हजार ३९३ नेपाली रहेका छन् ।
जापानमा अध्ययनका लागि जाने नेपालीहरुको संख्या ठूलो छ । वार्षिक रुपमा हजारौं नेपाली अध्ययनका लागि पुग्छन् भने रोजगारीका लागि जानेको संख्या पनि ठूलै छ । यस अघि जापानमा सन् २००० मा केवल तीन हजार छ सय ३९ नेपालीहरु दर्ता भएर बसेको तथ्यांक छ ।
सन् २०२२ मा मात्र ४२ हजारभन्दा बढी नेपाली जापान प्रवेश गरेका छन् । नेपालीहरु जापानमा अध्ययन, व्यापार व्यवसाय तथा रोजगारीको लागि पुग्ने गरेका छन् ।
जापानमा हाल पारिवारिक पारिवारिक भिषामा बस्ने नेपालीको संख्या पनि बढिरहेको छ । जापानमा पारिवारिक भिषामा ४२ हजार ३१७ रहेका छन् भने अध्ययनको लागी नेपाली विद्यार्थीको संख्या ३९ हजार ६५६ रहेको र स्थायी नागरिकमा केवल तीन जना रहेको तथ्यांकले देखाएको छ ।
हाल टोकियोमा धेरै नेपालीहरुको बसोबास रहेको छ । त्यसपछि क्रमशः आइची प्रान्त, चिबा, कानागावा, फुकुओका र साइतामा नेपालीहरु ठूलो संख्यामा बसोबास गर्छन् ।
प्रतिक्रिया राख्नुहोस्